Wednesday, October 21For your kind information
Shadow

“मलाई प्रधानमन्त्री बनाउनुहोस, १० वर्षमा हामी चीनलाई उछिन्छौँ”: बामदेव गौतम

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।

 

साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ । कोरोना भाइरसको संकट सकिएपछि आफूले प्रधानमन्त्री छाड्ने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे ।

 

यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेको उनले बताए ।

यसै सन्दर्भमा नेकपा उपाध्यक्ष बामदेव गौतमले केही समय अगाडी भनेको एक समाचार यहाँ राख्न चाहन्छौं । उनले भनेका थिए “मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए १० वर्षमा चीनलाई उछिन्छौं “सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई प्रधानमन्त्री दिए दुई वर्ष मै समाजवाद ल्याउने बताएका छन् ।

‘५ वर्षमा नेपालमा समाजवाद आउँछ । १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौं’, काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक डाक्टर खगेन्द्र प्रसाईंले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै उनले भने,

‘मलाई दुई वर्ष मात्रै प्रधानमन्त्री बनाए झन् छिटो ५ वर्षमा नेपालमा समाजवाद आउँछ । १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौ । त्यो ग्यारेन्टी नेकपालले लिनु पर्छ ।