Saturday, October 24For your kind information
Shadow

चम्क्यो यी श्रीमान – श्रीमतीको भाग्य, एकैपटक दुबै जना डिएसपी बन्दै

काठमाडाैं । शर्मिला गुरुङ र अनिलकुमार घिमिरेको जोडी नेपाल प्रहरीमा श्रीमान श्रीमती एकैपटक नायब उपरीक्षक (डिएसपी) हुने तयारीमा रहेका छन् ।प्रहरी प्रधान कार्यालयले छिट्टै रिक्त ५७ डिएसपी बढुवाको तयारी गरिरहेको बताइएकाे छ ।

१० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका उनीहरु एकैपटक डिएसपी हुने सम्भावना छ । गुरुङले हाल महानगरीय प्रहरी प्रभाग बलम्बुको नेतृत्व गरिरहनुभएकाे छ ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।