Friday, October 30For your kind information
Shadow

ठगी काम: काम नगरी तलब पाउनेहरले नै गरे लकदाउन थप्ने माग

काठमाण्डाै – व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरुबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको बताउनुभयो ।

जसले व्यापार गर्नुपर्दैन, जसले तलब खुवाउनुपर्दैन, जसको स्वतः तलब आइरहन्छ, उनीहरुले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेका छन् भन्ने विषयमा प्रधानमन्त्री ओली पनि सहमत भएको श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजारमा जसको केही काम छैन, जसको तलब आफै सुरुसुरु आउनेहरु लकडाउन र निषेधाज्ञा गर्न उल्टो–उल्टो कुरा गरेको छ । उहाँले त्यसरी नै भन्नुभयो ।

व्यवसायीले राजस्व, ब्याज, घरभाडा, अफिस भाडा, कर्मचारी र श्रमिकको तलब तिर्नैपर्ने तर आम्दानी शून्य हुने स्थिति आएकाले आफूहरु समस्यामा परेको कुरा स्पष्टसँग राखेको श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘लकडाउनको निरन्तरता चैतदेखि भएकोले हामीले राजस्व तिर्नैपर्ने, ब्याज तिर्नैपर्ने, घरभाडा तिर्नैपर्ने, अफिसको भाडा तिर्नैपर्ने, कर्मचारी र श्रमिकलाई पनि तलब दिनुपर्यो तर पैसा चाहिँ कहीँबाट उठ्न सकेन ।

सरकारले गएको जेठ महिनासम्मको स्थितिलाई हेरेर बजेटमार्फत ५० अर्बको स्टिमुलस प्याकेज ल्याएकोमा अहिले लकडाउन लम्बिँदै जाँदा त्यसले नपुग्ने भएकाले दुई खर्बको प्याकेज ल्याउन सुझाव दिएको पनि श्रेष्ठले बताउनुभयो ।

त्यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा कोषलाई पुनर्संरचना गर्नुपर्ने र अन्य व्यक्तिगत एवं साधारण कर्जालाई पनि पुनर्संरचना गर्ने व्यवस्था मिलाउन अग्रह गरिएको उहाँले बताउनुभयो ।

व्यवसायीहरु आफ्नो व्यवसायलाई निरन्तरता दिन पाए जस्तोसुकै परिस्थितिमा पनि सरकारलाई राजस्व र भ्याट तिर्न तत्पर रहेको कुरासमेत प्रधानमन्त्री ओलीलाई बताएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग अर्थतन्त्रलाई खस्किन नदिने प्रतिबद्धता जनाउनुभएको पनि श्रेष्ठले बताउनुभयो । व्यवसायी र प्रधानमन्त्री ओलीबीचको भेटमा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडासमेत उपस्थित हुनुभएको थियो ।