Monday, October 26For your kind information
Shadow

नेपालमा कोरोना संक्रमितको चराम सिमा: थपिए यती धेरै संक्रमित, ११ जनाको मृ’त्यु

सोमवार अपराह्णसम्म २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

 

सो अवधिमा ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। यो वृद्धिसँगै सङ्क्रमितको कुल सङ्ख्या ४७,२३६ पुगेको छ। अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित ३०० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ३०,६७७ जना निको भएका छन्।तीमध्ये ७,१९० जना घरमै र ९,०६९ जना संस्थागत आइसोलेशनमा छन्।

प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सर्वाधिक सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ। काठमाण्डू उपत्यकामा मात्र ५,५९२ जना सङ्क्रमित छन्। बिबिसी बाट