Saturday, October 24For your kind information
Shadow

प्रचण्डका घरबेटिलाई घनष्याम भुसालले गरे कारवाहि: १० करोडको धरौटी जफत

समयमा मल नल्याउने दुई कम्पनीलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ´ । उनीहरुको धरौटी जफत गरी कालोसूचिमा राख्ने निर्णय गरिएको छ ।मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनीको धरौटी जफत भएको हो ।

 

शैलुङ नेकपाका अध्यग प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी हो ´। कृषिमन्त्री घनश्याम भुषालले आइतबार पत्रकार सम्मेलन गरी ती कम्पनीलाई कारबाही गरिएको जानकारी दिएका हुन् ।

प्रचण्डका घरबेटी भएकाले अधिकारीलाई कारबाही नगरिएको भन्दै आलोचना भइरहेको थियो´ । उनीहरुको ५–५ करोड धरौटी जफत भएको छ । दुवै कम्पनीले २५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का पाएका थिए ।

ठेकदार अधिकारीकै सातदोबाटोस्थित घरमा प्रचण्ड बस्दै आएका छन् । उनले प्रचण्डकै पावरका आधारमा व्यवसाय गर्दै आएको आरोप लाग्दै आएको छ´ । अर्का ठेकदार हुमनाथ कोइराला नेपाली कांग्रेसमा आबद्ध ठेकदार हुन् ।