Monday, October 26For your kind information
Shadow

खुशीको खबर: यही हप्तादेखी आम सर्वसाधरणलाई कोरोनाको खोप बाँढिने

११ अगष्टमा सफल घोषित गरेर स्वीकृति दिइएको रुसको कोरोनाभाइरस भ्याक्सिन स्वीकृति पाएको एक महिनापछि आम सर्वसाधारणलाई दिन सुरु गरिने भएको छ ।

 

रुसले यही हप्तादेखि आफ्नो कोरोनाभाइरस भ्याक्सिन आम सर्वसाधारणका लागि उपलब्ध हुने जनाएको छ रुसका एक शीर्ष अधिकारीले रुसले विकास गरेको कोरोनाभाइरस भ्याक्सिन ‘स्पुतनिक भी’ आम नागरिकको लागि

जारी गरिने जानकारी दिएका हुन् । यो भ्याक्सिनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगष्टमा लञ्च गरेका थिए । रुसको समाचार एजेन्सी तासले रशियन एकेडेमी अफ साइन्सेजका उपनिर्देशक डेनिस लोगुनोभको हवाला दिँदै स्पुतनिक भी भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयको अनुमतिपछि व्यापक उपयोगको लागि जारी गरिने बताएको छ ।

स्वासथ्य मन्त्रालयले यसको टेस्ट गर्न लागेको र छिटै यसको अनुमति प्राप्त गरिने उनले बताएका छन् । १० देखि १३ सेप्टेम्बरको बीचमा आम नागरिकको प्रयोगको लागि भ्याक्सिनको ब्याचको अनुमति प्राप्त गरिने र त्यसपछि आम सर्वसाधारणलाई भ्याक्सिन लगाउन सुरु गरिने उनले बताएका छन् ।