Tuesday, October 20For your kind information
Shadow

काठमाडौं उपत्यकामा निषेधाज्ञाको दशैसम्म गर्न सिमा क्षेत्रमा सेना परिचालन

काठमाडौं – काठमाडौं उपत्यकामा दसैँसम्म निषेधाज्ञा गर्न प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा समिति अन्तरगतको उपसमितिको छलफलमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दसैँसम्म निषेधाज्ञाको तयारी गरिएको जानकारी दिनुभयो ।

 

कोरोना भाइरसको संक्रमण उपत्यकामा ह्वात्तै बढेकाले दसैँसम्म नै उच्च सतर्कता अप्नाउनु पर्नेमा जोड दिदै भट्टले निषेधाज्ञाले उपत्यकाको अवस्था भयावह हुनबाट बचेको जानकारी दिनुभयो । उहाँले तिजको समयमा लगाइएको निषेधाज्ञाले प्रभावकारी काम गरेको दावी गर्नुभयो ।

 

दसैँमा मानिसको आवतजावत बढ्ने भएकाले कोरोना भाइरसको संक्रमण थप बढ्न सक्ने भन्दै उहाँले सहजीकरण गर्दै निषेधाज्ञालाई दसैँसम्म कायम राख्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौं उपत्यकामा अहिले दैनिक झण्डै २ हजार जना भित्रिएकाले उपत्यकाको नाकामा सेना परिचालन गर्नुपर्नेमा समिति बैठकमा जोड दिइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले नेपाल प्रहरीले सबैक्षेत्र हेर्नुपर्ने भएकाले नेपाली सेना परिचालन गर्नुपर्नेमा दिनुभयो । समिति बैठकमा उहाँले भन्नुभयो, ‘नाका ठप्प पार्न सकिएको छैन । ठप्प पार्ने हो भने भोकमरी हुन्छ ।

जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे आउँछन् । अहिले नेपाल प्रहरी खटाइएको छ, उसले गर्न सकेन भन्ने होइन । तर सडकमा लडेको जड्याहालाई उठाउनेदेखि सुन चो’रसम्म पक्राउ गर्नुपर्ने जिम्मा छ। नाकाको जिम्मा नेपाली सेनालाई दिऔं बताउनुभयो ।