Thursday, October 29For your kind information
Shadow

काठमाडौंका टोलटोलमा कोरोना संक्रमण: आइतबार एकैदिन थपिए यती धेरै संक्रमित

२४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२/३२ जनामा संक्तमण पुष्टि भएको छ ।

 

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा को’रोना संक्र’मण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरो’ना भाइ’रस संक्र’मण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् ।

आइतबारसम्म को’रोना संक्र’मण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ । आइतबारसम्म देशभर को’रोना भाइर’सको सक्रिय संक्र’मितको संख्या १७ हजार २७ रहेको छ ।

संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेका छन् ।