Saturday, October 31For your kind information
Shadow

थानकोटको मोडमा भयो यस्तो घटना: यति ठूलो क्षति

काठमाडौं – चन्द्रागिरी- ३ थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपाे नजिक माेडमा अति प्रज्वलनशील पदार्थ डिजेल बाेकेकाे ट्याक्टर दुर्घटना भएकाे छ ।

रक्साेल डिपाेबाट थानकाेट डिपाेमा अनलाेडका लागि ल्याएकाे ट्याङ्कर बाटाेमा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई पल्टिएको नेपाल पेट्राेलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाले बताए ।

ना ७ ख ७३९ नम्बर ट्याङ्करले २० केएल (२० हजार लिटर) डिजेल रक्साेल डिपाेबाट थानकाेट डिपाेमा ल्याउँदै थियाे ।

‘अचानक ड्याम्म आवाज आयाे, के भएकाे रहिछ भनेर घरबाट हेर्दा डिजेल ट्यांकर उतानाे परेछ,’ एक स्थानीयले भने । उक्त ट्याङ्करका चालक सुरेश बिक भने सकुशल रहेकाे चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।

साे दुर्घटनामा ट्यांकरका पाँच च्याम्बरमध्ये दुई च्याम्बरकाे ४ हजार लिटर डिजेल पाेखिएकाे छ । नजिकै निगमकाे डिपाे भए पनि आग लागी भएर हुनसक्ने ठुलाे दुर्घटना भने टरेकाे स्थानीयकाे भनाई छ ।