Friday, October 23For your kind information
Shadow

अब कोरोनाका बिरामिलाई सरकारले नि:शुल्क उपचार गर्न सक्दैन:केपी ओलि

प्रधानमन्ली केपी शर्मा ओलीले कोरोना बिरामीलाई अब सरकारले नि:शुल्क उपचार गर्न नसक्ने बताएका छन्‌ । उनले सबैलाई नि:शुल्क उपचार गर्ने नीती ठिक नभएको र परिमार्जन हुनसक्ने बताएका हुन्‌ ।

प्रधानमन्ली ओलीले प्राइम टाइम टेलिभिजनमा पत्रकार क्रषि धमलासँगको अन्तर्वार्तामा छिमेकी देशले पनि नसकेको अवस्थामा नेपालमा सबैको निशुल्क उपचार गरेर असाधारण काम गरेको बताए।

हाल सरकारले मापदण्डमा परेका सबैको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको छ। “कतिपय देशले कसैका लागि एकपैसा उपचार खर्च पनि गर्दैन। लक्षण देखिए अस्पताल जाउँ, जँचाउ, उपचार गर भन्छ, प्रधानमन्त्री ओलीले भने, ‘हामी गरिब-धनी नभनेर निशुल्क उपचार गर्छौँ।

पसमा सुधार गर्नुपर्ने हुनसक्छ। जसको कोही छैन त्यसको सरकार छ। जो आफै सम्पन्न छ उसले आफ्नै खर्चमा उपचार गर्न सक्छ। सबैको खर्च सरकारले व्यहोर्नुपर्ने आवश्यकता छैन।हामीले त्यसमा विचार गर्नुपर्छ।’ उनले उप-प्रधानमन्ली इश्वर पोखरेल नेतृत्व कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई परिवर्तन गर्न आवश्यक नभएको समेत बताए।

‘जनताको सचेतना जगाउनु छोडेर काम गरिरहेको मान्छेलाई परिवर्तन गरेर केही हुन्छ जस्तो मलाई लाग्दैन, प्रधानमन्त्री ओलीले भने, ‘जे कदम चालेको छ त्यो सरकारका लागि हो भन्ने कतिपयले ठानेँ। सरकारका कदम आफ्ना लागि चालिरहेको हो भनेर बुझ्नुपर्छ।’

यस्तै प्रधानमन्त्री ओलीले अहिले अमेरिका, युरोपेली मुलुक लगायतले समेत बेसार खोज्दा पाउन नसकेको बताएका छन्‌। बिभिन्न रोग लागेका व्यक्तिहरुले एक गिलास दुधमा सानो एक चमच बेसार राखेर खाँदा त्यसले रोग नियन्त्रण गर्न निकै ठूलो काम गर्ने उनले बताए ।