Friday, October 23For your kind information
Shadow

कुखुरामा लाग्ने कोरोना भाइरसको प्रजातिको खोप नेपालमै तयार हुने: पुरै पढ्नुहोस

अहिले विश्वका शक्तिराष्ट्रहरू मानिसलाई सङ्क्रमण गर्ने कोरोनाभाइरसविरुद्ध खोप बनाउने होडबाजीमा लागेका छन्। तर के तपाईँलाई थाहा छ? कुखुरामा पनि एकखाले कोरोनाभाइरस सङ्क्रमण हुन्छ।

 

त्यसले निम्त्याउने रोगको नाम हो – एभियन् इन्फेक्शस् ब्रोङ्काइटिस् अर्थात् आईबी। त्यसबाट मानिसले डराउनुपर्ने कुनै कारण छैन किनकि पशु चिकित्सकका अनुसार उक्त रोग कुखुराबाट मान्छेमा सर्दैन र कुखुराका लागि पनि खोप बनिसकेको छ।

त्यति मात्र होइन, नेपालमै निजी क्षेत्रबाट कुखुरामा लाग्ने उक्त रोगविरुद्ध खोप उत्पादन भइरहेको छ। सरकारीस्तरबाट पनि यसै आर्थिक वर्षमा परीक्षण उत्पादन गर्न लागिएको अधिकारीहरूले बताएका छन्।

नेपालमा चार वर्षदेखि पशुपक्षीका खोप उत्पादन गर्न थालेको निजी क्षेत्रको हेस्टर बायोसाइन्सेज नेपालले भने आईबी रोगविरुद्ध खोप पनि बनाइरहेको जनाएको छ।

उक्त कम्पनीकी प्रमुख कार्यकारी अधिकृत डा. सुलोचना श्रेष्ठका अनुसार उक्त कम्पनीले हाल आईबीविरुद्ध एउटा सुषुप्त खालको खोप बनाएको छ। त्यस्तै अर्को चाहिँ अन्य रोगसहित आईबीविरुद्ध पनि काम गर्ने गरी मिश्रित खोप उत्पादन गरिरहेको छ। बिबिसी बाट ।