Tuesday, October 27For your kind information
Shadow

बामदेव गौतमले नेपाललाई स्विट्जरल्याण्ड बनाउँदै : ल्याउँदैछन् यस्तो बजेट

आउँदो हप्ता नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ । उनी सांसदमा सिमित हुनका लागि मात्र अगाडि नबढेको देखिइसकेको छ ।

गौतमको चाहना उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने देखिएको छ । बामदेवले अर्थमन्त्रालयको जिम्मेवारी पाएमा के के गर्ने भन्ने सम्मको तयारी गरिरहेको बुझिएको छ ।

आर्थिक मामलाका जानकार नभएपनि उनले नेकपाको चुनावी घोषणापत्र अनुसारको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् । यस्तो बजेट पुरक बजेट हुनसक्छ ।

गौतमले संविधानमा उल्लेख भए अनुसार समाजवाद उन्मुख देश बनाउन आर्थिक नीति लागु गर्ने सम्मको तयारी गरेका छन् ।गौतमको यी तयारीका बाबजुद उनी अर्थमन्त्री बन्ने निश्चित भने छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय आफैसँग राखेका छन् । डा. युवराज खतिवडाको राजीनामा लगत्तै उनले आफूसँग राखेको अर्थ मन्त्रालयको जिम्मेवारी गौतमलाई दिने संकेत गरेका छैनन् ।

तर, गौतमलाई सरकारमा लाने कि नलाने भन्ने विषयले नेकपाभित्र विवाद जन्माउने सम्भावना भने देखिएको छ ।