Thursday, October 29For your kind information
Shadow

लेले जङ्गलमा अल्का अस्पतालकी कर्मचारीको शव फेला, आरोपीले खुलायो सच्चाई

भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको ह,त्या अ’रोपमा भतिजा निर्मल केसीलाई प्रहरीले प’क्राउ गरेको छ । निर्मल शनिबार बिहान भैंसेपाटीस्थित घरबाट प,क्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थि’चेर ह,त्या गरिएको हो । केसीको परिवारले उनी ह’राएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उ’जुरी दिएको थियो ।

केसीको श’व शुक्रबार साँझ ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित सामुदायिक वनमा ह,त्या गरेको अवस्थामा सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा फेला परेको थियो ।

ह’त्या आ’रोपी केसीवि’रुद्ध ज्या’न सम्बन्धी क’सुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तीन वर्षदेखि अफेयरमा
निर्मल र गीता विगत ३ वर्षदेखि अफेयरमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ह’त्या आ’रोपी निर्मलले गीतासँग अफेयरमा रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।

श’व फेला परेलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धान सुई निर्मलतिर सोझिएपछि प्रहरीले भैंसेपाटीस्थित घरबाट निर्मललाई प’क्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।

मृ’तकको श्रीमान घरमा नभएको बेला निर्मल जाने आउने समेत गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । ‘सहयोग गर्ने बहानामा मृ’तक केसी र निर्मलबीच नजिकको सम्बन्ध रहेको खुलेको छ,’ ती अधिकृतले रातोपाटीसँग भने ।

अल्का अस्पतालको कर्मचारी
मृ’तक गीता केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ । अस्पतालमा ‘हाउस किपिङ’ को रुपमा कार्यरत थिइन् मृ’तक केसी ।

निर्मलले नै मृ’तक केसीलाई अस्पताल लगिदिने र ल्याइदिने गर्थे । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोही दिनपछि मृ’तक केसीले श्रीमानलाई ढाँटेर अस्पताल जानुपर्ने भयो भन्दै घरबाट निस्केकी थिइन् ।

निर्मलले अस्पताल नगई घुम्न जाउँ भनेपछि उनीहरु लेलेको जंगल गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जंगल पुगेपछि केही समय उनीहरु एकान्तमा गएर बसेको खुलेको छ ।

‘त्यहिँ उनीहरुबीच झ’गडा हुन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘सामान्य झ’गडाले ह’त्याको रुप लिएको देखिन्छ ।’ यद्यपी झ’गडाको कारण आर्थिक लेनदेन हुनसक्ने आ’शंका गरिएको छ ।

घाँ’टी थि’चेर गीताको ह’त्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । मृ’तक केसीको शरीरमा केही चो’टपटक समेत देखिएको छैन । यद्यपी पोष्टमार्टम रिपोर्टपछि मात्रै ह’त्याको कारण भन्न सकिने एसएसपी राई बताउँछन् ।

आर्थिक लेनदेन हुनसक्ने
मृ’तक केसीको श्रीमानले र’क्सी खाएर सधैं गीतासँग झ’गडा गर्ने गरेको प्रहरीले बताएका छन् । सो कुरा निर्मलले राम्रोसँग नियालिरहेका हुन्थे ।

श्रीमानबाट अ’पहेलित भएपछि गीतालाई निर्मलले हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृ’तक केसीले निर्मललाई पैसा पनि राख्न दिएकी थिइन् ।

‘राख्न दिएको पैसा मा’गेपछि ह’त्या गरेको हुनसक्छ,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘आर्थिक मामिलाको विषयलाई लिएर नै केसीको ह’त्या भएको हो । आ’रोपीले समेत घ’टना स्वीकारेका छन् ।’