Saturday, October 31For your kind information
Shadow

छोरीले विवाह गर्न नमानेपछी आमाले नै दुलाहासँग विहे गरेर भागिन

भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलहालाई देखेपछि दुलहीले विवाह गर्न अस्विकार गरिन् भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको

 

स्रोतका अनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिनन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन्

 

भारतीय मिडियाका अनुसार १७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन्

मार्च १० तारिखको बेलुकी आगराबाट दुलाहा जन्ती लिएर दुलहीको घर पुगे जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् ती युवती आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन्

परिवारले के कारणले विवाह गर्न नखोजेको भनेर सोध्दा उनलेजस्तोसुकै स्थिती भएपनि यो बुढासँग विवाह गर्दिनँभन्दै रुन थालिन् दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको बताइन्