Tuesday, October 27For your kind information
Shadow

रुसले बनाएको कोरोनाको खोपको परिक्षण सकारात्मक: चाँडै खोप आउन सक्ने

रुसको कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षणको शुरुवाती चरणको नतिजा सकारात्मक देखिएको छ ।

मेडिकल जर्नल द लेसेन्टमा प्रकाशित सूचनाअनुसार क्लिनिकल परीक्षणको दुई चरणमा खोपले कोरोना भाइरसविरुद्ध लड्न आवश्यक एन्टिबडी विकास भएको पाइएको छ ।

७६ जना मानिसमा गरिएको यो परीक्षणमा सहभागी मानिसहरुमा कुनै ज्वरो आउनेजस्ता सामान्य साइड इफेक्ट मात्र देखिएको थियो । शोधकर्ताहरुले प्रतिरक्षा प्रणालीको अर्को महत्वपूर्ण पक्ष टी सेल्सको बारेमा पनि अध्ययन गरेका थिए ।

२८ दिनमा मानिसको शरीरमा टी सेल्सले पनि कोरोना भाइरआयोसविरुद्ध काम गर्न शुरु गरेको अध्ययनमा पाइएको थियो ।क्लिनिकल परीक्षणको शुरुवाती दुई चरणले खोपको सकारात्मक संकेत मात्र दिने तर यसको वास्तविक परीक्षा तेस्रो चरणको परीक्षणमा हुने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

यसअघि नै रुसले आफ्नो ‘स्पुतनिक भी’ विश्वको पहिलो कोरोना खोप भएको घोषणा गरिसकेको छ । यद्यपि वैज्ञानिकहरुले भने आवश्यकताभन्दा छिटो खोपको घोषणा गर्नु घातक हुने भन्दै खोपको सुरक्षामाथि आशंका व्यक्त गर्दै आएका छन् ।