Monday, October 26For your kind information
Shadow

प्रधानमन्त्रीको झुट पकडियो: जनतालाई यती धेरै झुटो बोलेका रहेछन प्रधानमन्त्रीले

प्रधानमन्त्री केपी ओलीले शनिबार प्राइम टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा धेरै झुट बोलेको फेला परेको अन्तर्वार्तामा प्रधानमन्त्रीले देश जनतालाई के के ढाँटे भन्ने विषयको खोजी हुन थालेको उनले चारपाँचवटा तथ्यहीन भ्रामक कुरा बोलेको भन्दै सामाजिक सञ्जाल मिडियामा चर्चा हुन थालेको

 

प्रधानमन्त्रीले अन्तर्वार्तामा बेसारले क्यान्सर निको गर्ने बताए त्यस्तै, उनले देशमा एक दिनमा २३ हजारसम्म परीक्षण गरिएको दाबी पनि गरे जबकि नेपालमा अहिलेसम्म तीन दिन मात्र १३ हजारभन्दा बढी पिसिआर परीक्षण भएको हुँदै नभएको दैनिक २३२४ हजार परीक्षण भएको भनेर उनले कसलाई ढाँट्न खोजेका हुन् ? भन्ने प्रश्न उठेको

प्रधानमन्त्रीले अन्तर्वार्तामा मरेकाहरुको संख्या सबै कोरोनाको कारणले होइन, अरु कारणले मरेको हो भन्ने दावी गरे। त्यसो भए कति संख्या चाहिँ कोरोनाकै कारण मरेको हो ? उनले आफ्नो पालामा सडक निर्माण धेरै भएको कालोपत्रेसमेत बढी भएको भनेर सफेद झुट बोलेका छन् प्रधानमन्त्रीले पहिले वर्षमा १० किलोमिटर सडक बन्थ्यो भन्दै विगत दुई वर्षमा ३६ सय किलोमिटर सडक बनेको तथ्यांक दिए।