Saturday, October 24For your kind information
Shadow

दोहोरियो रुकुम काण्ड: बिकको छोराको क्षेत्रीसँग प्रेम, प्रेमिकाको ह’त्या (भिडियो सहित)

कथित उपल्लो जात भनिएकी एक युवतीसंग प्रेम गरेको अभियोगमा एक युवकले फेरी रुकुम घटना झै या’तना पाएका छन् । युवकलाई या’तना दिएको देख्न नसकेर उनको प्रेमिकाले संसार छोडेकी छन् युवकलाई आफ्ना परिवारले या’तना दिएपछि प्रेमिकाले संसार छोडेकी हुन् ।

 

घटना भएको भोलीपल्ट उनले जिवन त्यागीन् । प्रेमिकाले भेट्न बोलाएर उनको घरमै भेट्न गएका अछामका प्रकाश टमटालाई युवतीको परिवारले देखे । त्यसपछि उनलाई कपाल मु’ण्डन गरिदिए, धेरै जना मिलेर या’तना दिए । त्यो अवस्था देख्न नसकेर प्रेमिकाले जिवन त्याग गरेको युवकले बताएका छन् ।

 

प्रकाश टमटाको केशरी रावलसंग प्रेम थियो । ३ वर्ष देखिको प्रेम गाउँमा सबैलाई थाहा थियो । केशरीका परिवारका सदस्यले पनि शंका त गरेका थिए, टमटा भन्छन थाहा नभएको हुनसक्छ । उनीहरुले विवाहको योजना बनाएका थिए । विवाह गर्न पैसा समेत जम्मा गर्न थालेका थिए ।

त्यो दिन पनि विवाहको योजना बनाउ केशरीले प्रकाशलाई भेट्न बोलाएकी थिइन् । उनीहरु कोठामा गफ गरेर बसेका थिए । त्यही बेलामा प्रकाशलाई केशरीका परिवारले देखे । जातिय छुवाछुत सम्बन्धी गा ली गर्दै या तना दिन थाले । उनलाई खेतमा ल्याए ।

त्यो सबै देखेकी प्रेमिकाले सहन सकिनन् र भोलीपल्ट जिवन त्याग गरेको प्रकाशले बताएका छन् । घटना भएको अहिले ५ दिन भयो । प्रकाशलाई केशरीको निकै याद आउँछ । विवाहको योजना बनाएका थियौं अहिले यस्तो भयो मलाई निकै याद आउँछ उनले भने । भिडियो हेर्न तल थिच्नुहोस