Tuesday, October 27For your kind information
Shadow

मन्त्री युवराज खतिवडाले गरे पदबाट राजिनामा दिने घोषणा: यस्तो छ कारण

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले गरे राजीनामा दिने घोषणा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन्

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको

त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो उनले अपरान्हसम्म राजीनामा दिने बताइएको मन्त्रिपरिषद बैठकमा मन्त्री खतिवडाले आफ्नो कार्यकालमा गरेको कामको विवरण प्रस्तुत गरेका थिए प्रधानमन्त्री ओलीले पार्टीमा यति ठूलो बहस भइसकेपछि खतिवडाले नै राष्ट्रियसभा सदस्यमा आउने इच्छा व्यक्त नगरेको बताए

यदि उहाँले इच्छा राखेको भए मैले अडान लिन्थेँप्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले  भने