Monday, October 26For your kind information
Shadow

एलिजा गौतमको रवि लामिछाने प्रति आक्रोश : रविले ऋषिमुनि भनेपछि भयो तनाव

काठमाडौं – न्युज २४ टेलिभिजनबाट प्रसारित लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेले कार्यक्रममा बोलेका केही शब्दहरुलाई लिएर नायिका एलिजा गौतमले आपत्ति जनाएका छन् ।

देश कोरोना महामारीसँग लडिरहेको बेला सञ्चारकर्मी रवि लामिछानेले स्वस्थ्य मन्त्रीसँग समसामयिक बिषयमा अन्तर्वाता लिन लागेका थिए । तर, स्वस्थ्य मन्त्री भानुभक्त ढकालले अनुरोध अस्विकार गरेको भन्दै प्रस्तोता लामिछाने एक स्टाटस् समेत लेखेका थिए ।

‘प्रधानमन्त्रीज्युले अन्तर्वार्ता नदिनु ऋषि धमलाको कमजोरी पक्कै हैन होला, तर तपाईंले त ऋषिमुनिदेखि सिसिमुनिसम्मलाई अन्तर्वार्ता दिन भ्याए मलाइ दिएनन् भन्नु भएछ’, एलिजाले भनेकी छन्,

‘ हुन त हजुरले ऋषिजीलाई ऋषिमुनि नै देख्नु भयो, एक संचारकर्मीले अर्को संचारकर्मीको खेदो खन्नु कतिसम्म उचित हो त्यो त मलाई थाह भएन तर मेरो मन दुख्यो ।’

एलिजा गौतमको स्टाटस यस्तो छ ।

रवि लामिछाने दाइप्रति मेरो सधै सम्मान छ । तर हिजो सिधा कुरा जनतसँगमा प्रयोग भएका केही शब्दले मेरो मन दुखेको छ । प्रधानमन्त्रीज्युले अन्तर्वार्ता नदिनु ऋषि धमलाको कमजोरी पक्कै हैन होला, तर तपाईले त ऋषिमुनिदेखि सिसिमुनि सम्मलाई अन्तर्वार्ता दिन भ्याए मलाई दिएनन भन्नु भएछ ।

हुन त हजुरले ऋषिजीलाई ऋषिमुनि नै देख्नु भयो, एक संचारकर्मीले अर्को संचारकर्मीको खेदो खन्नु कति सम्म उचित हो त्यो त मलाई थाह भएन, तर मेरो मन दुख्यो । तपाईको भाषामा ऋषिमुनि अर्थात ऋषिजीले गर्नु भएको मिडियाप्रतिको त्याग कति छ सायद बुझ्दै आउनु भएकै होला ।

उहाँ हप्तामा एसो एक दिन टुप्लुक्क टेलिभिजनमा देखिने व्यक्ति हैनन्, हरेक दिन बिहानदेखि बेलुकासम्म उहाँले गर्नु भएको दुःख र बलिदानलाई कसरी बुझ्ने ? आज आफ्नै साथीको नराम्रो भन्नु भयो । प्रधानमन्त्रीले तपाईसँग नबोल्नु त उहाँहरुकै टिमसँग बुझ्ने हो, ऋषिजीलाई किन जोड्नु हुन्छ ?

याद रहोस् रवि दाइ म हिजो पनि तपाईंको कार्यक्रमको एक दर्शक शुभचिन्तक थिएँ र आज पनि, तर बोल्दा शब्द चयन अलिक बिचार गरेर गर्नेकी ? तपाईंले सिकाएको शिक्षा नै अरुले सिक्ने हुन्, बोलेको शब्दले पछुतो हुने काम कहिल्यै न होस्।’