Wednesday, October 21For your kind information
Shadow

वडाध्यक्ष लगायत डेढ सयको को’रोना परिक्षण नै नगरि उल्टो रेपोर्ट दिइयो, पुरै गाउँ नै त्रसित

प्रयोगशालाको लापरबाहीका कारण कोरोना परीक्षण नै नगरी रिपोर्ट दिएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ सय ५० जनाको परीक्षण नै नगरी रिपोर्ट दिएको हो । यसरी गलत रिपोर्ट पाउनेमा काठमाडौंको नागार्जुन नगरपालिकाका वडाध्यक्ष राजेन्द्र बुढाथोकीसमेत छन् ।

 

गएको शुक्रबार नागार्जुन नगरपालिका क्षेत्रका झण्डै ९‍० जनाको स्वाब संकलन गरिएको थियो । यो टोलीमा मेयरदेखि वडाध्यक्षहरुसम्मको स्वाब लिइएको थियो । र, भदौ १४ गते दिनको १ बजे सबैको मोवाइलमा म्यासेज गयो । त्यसमा सबैको रिपोर्ट नेगेटिभ थियो ।

कोरोनाको त्रासका बीच नेगेटिभ आएको रिपोर्टले केही राहत मिलेको थियो । र, रिपोर्ट नेगेटिभ आउनसाथ जनप्रतिनिधि कोरोना रोकथामका विभिन्न कामदेखि विकास निर्माणका काममा सहभागी पनि भए । मंगलबार रक्तदान कार्यक्रम नै थियो । कार्यक्रममा मेयर उपमेयरदेखि वडाध्यक्षसम्म गरेर झण्डै ३ सय जनाको उपस्थिति थियो ।

१८० जनाले रक्तदान पनि गरे । सामाजिक दूरीको नियम पालना गर्दै गरिएको कार्यक्रम सफल भएकोमा सबैजना खुशी थिए । तर त्यो खुशी धेरै बेर टिकेन । मंगलबार साँझ ६ बजे नागार्जुन वडा नं ६ का वडाध्यक्ष राजेन्द्र बुढाथोकीको मोवाइलमा कोरोना पोजिटिभको म्यासेज आयो । र, त्यसले नागार्जुन नगरपालिकालाई त्रासमय बनायो ।

नेगेटिभ रिपोर्ट आयो भनेर सयौं मानिसको सम्पर्कमा गएका वडाध्यक्षको रिपोर्ट पोजिटिभ आएपछि यतिबेला त्रासको स्थिति बनेको छ । जनता त्रसित त छँदैछन्, त्यो भन्दा बढी रुस्ट छन् । वडाध्यक्षकै हकमा यस्तो भएपछि नगरपालिका पनि चिन्तित छ ।

यसप्रकारका लापरवाहीले आफ्ना जनताको जीवन धरापमा पारेको उसको बुझाइ छ । तर गलत रिपोर्ट गएको वडाध्यक्षको हकमा मात्र थिएन । वडाध्यक्षसँगै १ सय ५० जनाको स्वाब नै परिक्षण नगरी उक्त दिन रिपोर्ट पठाइएको थियो । र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गम्भीर त्रुटि भएको स्वीकारेको छ ।