Friday, October 30For your kind information
Shadow

एक महिलाको शरीरभित्र पस्यो ४ फिट लामो सर्प, त्यसपछि जे भयो! (हेर्नुहोस् पूरै भिडियो)

रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएको छ । यसको व्यापक चर्चा पनि छ।

 

डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दिएको छ।

 

महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो जहाँ उनलाई जनरल एनेस्थेटिकमा राखिएको थियो।

उक्त सर्पको लम्बाइ १.२ मिटर रहेको थियो । यो अझै स्पष्ट छैन कि उक्त सर्प जीवित छ कि छैन र महिलाको शरीरभित्र कति समय रह्यो ।

उनको घाँटीमा ट्युब छिराएर चिकित्सकले उक्त सर्पलाई निकालेका थिए । महिला स्वास्थ्यकर्मीले महिलाको मुखबाट बाहिर निकाल्दा सर्पलाई समातिन् । दागेस्तानको स्वास्थ्य मन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

बुढापाकाहरुले युवालाई बाहिर नसुत्न सल्लाह दिन्छन् । किनकी, मुखबाट सर्प छिर्ने सम्भावना हुन्छ । ती बिरामी पहिचान हुन सकिनन् ।

त्यस्तै, सर्पको प्रकार पनि पत्तो लागेन । सो घटना भएको गाउँ लेभाशीको जनसंख्या ११ हजार ५०० रहेको छ । गाउँको उचाइ चार हजार १६५ फिट रहेको छ ।

केही मानिसले महिलाको शरीरभित्र छिरेको सर्प नभइ विशाल किरा वा परजीवि हुनसक्ने बताएका छन् । तर, यसको आकार भने निकै ठूलो रहेको छ ।

भिडियोमा देखिए अनुसार पञ्जा लगाएका पुरुष डाक्टरले ती महिलाको घाँटीमा ट्युब छिराएर सर्प निकालिरहेको देख्न सकिन्छ। भिडियोमा एकजना डाक्टरले ‘हेरौं, यो के रहेछ’ भनेको सुन्न सकिन्छ।

महिलाको मुखबाट सर्प निस्कने बित्तिकै महिला स्वास्थ्यकर्मीले निकै डराएको भावसहित त्यो समात्छिन्। उनी आत्तिदै पछाडि सर्छिन् र महिलाको मुखबाट निकालिएको वस्तु सर्प भएको थाहा पाएपछि स्वास्थ्यकर्मी कराएको पनि सुन्न सकिन्छ।

भिडियाे