Tuesday, October 27For your kind information
Shadow

यदि तपाईले सपनामा सर्प देख्नुभएको छ भने यस्तो हुन्छ यसको असर ?

सपना सर्प देख्नु नौलौ कुरा हैन । तर हरेक सपनाको आ आफ्नै कारण हुन्छ । धर्म शास्त्र अनुसार सपना देख्नु भनेको हामी सुतेको बेलामा हाम्रो आत्मा बाहिर निस्कन्छ ।

जेसँग आत्माको भेट हुन्छ त्यही सपना देख्छौं भन्ने विश्वास रहेको छ, भने धर्म शास्त्र अनुसार सुतेको बेला सुतेको व्यक्तीलाई केही लाइदिनुहुन्न भन्ने मान्या रहेको छ । यदि आत्मा शरीर भित्र प्रवेश गरेन भने सुतेको व्यक्तीको मृत्यु समेत हुन सक्छ ।

आधुनिक विज्ञानले भने जो मान्छे थाकेको छ , केही काम अधुरो छोडेको छ , जानु पर्ने ठाउँमा गएको छैन, त्यस्तै कुरा सोचेर सुतेपछि सपना देखिन्छ भन्ने विश्वास राख्छ । ज्योतिश शास्त्र अनुसार जो मान्छेमा सर्प योग छ ।

त्यस्ता व्यक्तीले सपनामा सर्प देख्छ भन्ने तर्क छ । सर्प योग भनेको जो व्यक्ती पञ्चमीमा जन्मेको छ । वा पञ्चमीको आसपासमा जन्मेको छ त्यस्ता व्यक्तीले सर्प देख्छ ।

सपनाको कस्तो सर्प देखे कस्तो फल मिल्छ ?

कालो र निलो सर्प सपना देखेमा यसले अनिष्ठ हुन लागेको संकेत गर्छ । नकारात्मक ऊर्जा घरमा ल्याउछ । कुनै र्दुघटना हुने , नराम्रो कुरा सुन्नु पर्ने जस्ता नकारात्मक कार्यको थालनी हुन्छ ।

यदि सपनामा खैंरो , सेतो घियु कलरको सर्प देखेमा शुभ संकेत ल्याउछ । काम बन्ने , सकारात्मक ऊर्जा ल्याउने , आम्दानीका स्रोत बढ्ने जस्ता कार्यको थालनी हुन्छ । यदि सपनामा रङगी बिरङगी सर्प देखेमा यसले नकारात्मक र सकारात्मक दुवैको संकेत गर्छ ।

पञ्चमी तिथिमा जन्मियो भने यसको लागी यस्ता धार्मिक उपाय अपनाउन सकिन्छ :

पञ्चमी तिथिमा जन्मिएकाले पञ्चमी तिथी चाँदीको भाडोमा जल राखेर पृथ्वीलाई चढाउने , तपाईको कुण्डलीमा रहेको चन्द्रमामा राहु , केतु , शनि आएर बसेको छ भने पनि सोमबार उत्तर दिशामा चाँदीको भाडोमा जल राखेर पृथ्वीलाई चढाउनेपञ्चमी तिथिमा शुद्ध शाहाकारी भएर बस्ने ।

नाग पञ्चमीका दिन विधि पुर्र्याएर पुजा पाठ गर्ने वा बाहुन बोलाएर पुजा गराउन सकिन्छ । आफु सुत्ने कोठाको वास्तु शास्त्र मिलाउने, सुत्ने कोटामा सर्पका चित्र वा अन्य डरलाग्दा चित्र भए तुरुन्त हटाउने ।

 

आफु सुत्ने बेडमा कुनै फलाम छ भने, त्यो शनि कारक हो त्यसले त्यस्ता वस्तु पनि हटाउनुपर्छ ।