Tuesday, October 27For your kind information
Shadow

कोरियामा काम गर्ने मनकाजी अहिले नेपालमै आएर ११ सय कालिज पाल्दै: हेर्नुहोस कती कमाउँछन (भिडियो सहित्)

दुई वर्षपहिले दक्षिण कोरियाबाट फर्किएका बुटवलका मनकाजी थापा अहिले कालिज फर्ममा भेटिन्छन्। कोरियामा ५ वर्ष काम गरी फर्किएका थापालाई त्यसपछि भने पैसा कमाउन विदेशी भूमिमा जान मन लागेन। गुल्मीको शान्ति पुर चन्द्रकोटबाट १७ वर्ष पहिले बुटवल उपमहानगरपालिका-१९ रानीबारीमा

बसाइँ सरेका मनकाजीले दाजुसँग मिलेर आफ्नै जग्गामा कालिज फर्म सञ्चालन गरेका हुन्। उनीहरूका कालिज फर्मसँगै बुटवल मिलनचोक र देवीनगरमा दुई वटा रेष्टुरेन्टसमेत छन्। लकडाउनले ५ महिनादेखि रेष्टुरेन्ट बन्द भए पनि थापा दाजुभाइ भने कालिज हुर्काउनमा व्यस्त रहे ।

कोरियाबाट फर्किएपछि नेपालका विभिन्न स्थानका कालिज फर्मको अव लोकन र सञ्चालकहरूसँग प्राविधिक ज्ञान लिएर व्यवसाय सुरू गरेको थापाले बताए। ‘काठमाडौं, पोखरालगायत ठाउँमा कालिज फर्म हेरेर तिनका सञ्चालकसँग प्राविधिक रूपमा सल्लाह लिएर सुरू गरेका हौं,’ मनकाजीले भने।

कालिज पालन व्यवसाय नेपालमा नयाँ हो। यहाँ त्यसका अण्डा र चल्ला नपाइएपछि युरोपबाट अण्डा ल्याएर काठमाडौं मा ह्याचरिङ गरिएको थियो। ‘युरोपबाट २२ सय अण्डा झिकाएका थियौं, काठमाडौंमा ह्याचरिङ गर्दा जम्मा १२ सय चल्ला निस्किए, ह्याचरिङ गरिएको एकदिनकै चल्लालाई फर्ममा ल्याए पनि राम्रो गरी हुर्किए चल्ला धेरै मर्न पाएनन्,’ थापाले भने।

विस्तृतमा सेतोपाटीले तयार पारेको भिडीयो रिपोर्ट यहाँ छ ।