Sunday, October 25For your kind information
Shadow

कोरोनाले खान नपाएको बाजुरा जिल्लामा जहाज चार्टर गरेर मदिरा ल्याइदैँ: खाने चामल छैन मान्छे मदिराको सेवनमा मस्त

बाजुराको पूर्वी उत्तरी क्षेत्रमा २ महिना अगाडिदेखि खाद्य संक’ट छ । तत्काल खाद्यान्न ढुवानी नभए त्यहाँका जनताले हातमुख जो’र्ने सम’स्या हुने अवस्था छ । त्यहाँ मदि’रा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ । को’रोना सं’कटका कारण स्थानीय प्रशासनले अत्यावश्यक पर्ने खाद्यान्न, तरकारी र औषधि बाहेकको ढुवानीमा रो’क लगाएको छ ।

प्रशासनको आदेशानुसार अहिले म’दिराको ढुवानी गर्न नपा’इने हो । तर, जनता भो’कमरी सम्मु’खमा रहेका बेला नेपालगञ्जबाट म’दिरा र सू’र्तिजन्य पदार्थ बोकेका चार्टर जहाज कोल्टी विमानस्थलमा अ’वतरण भइरहेका छन् । कोल्टी विमानस्थलमा हाल दैनिक ७ वटासम्म उडान हुँदै आएका छन् ।

सरकारले यात्रु बोक्न नपाउने गरी ढुवानी प्रयोजनका लागि आन्तरिक उडानको अनुमति दिएअनुसार कोल्टीमा जहाजहरु आउने र जाने गरिरहेका छन् । जसमध्येका ४ देखि ५ उडानमा मदि’रा र सू’र्तिजन्य पदार्थको ढुवानी हुने गरेको बाजुरा नागरिक उड्डयन कार्यलय बाजुराका निमित्त प्रमुख प्रसाद पौडेलले वताए ।

पौडेलका अनुसार नेपालगञ्ज तथा सुर्खेतबाट आउने अधिकांश चार्टर जहाजमा मदि’रा हुन्छ । एउटा जहाजमा ७५ देखि १ किलोसम्म मदि’रा ढुवा’नी गरेको पौडेलले बताए । यसरी दैनिक ५ सयदेखि ७ सय किलोग्राम म’दिरा तथा सूर्ति’जन्य पदार्थ बाजुरामा ढुवानी भइरहेको छ ।

नेपालगञ्ज तथा सुर्खेतबाट सिता, समिट र तारा एरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजमार्फत कोल्टी विमानस्थलमा पुग्ने म’दिरा खच्चरमार्फत बाजुराको चार वटा स्थानीय तह तथा कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लासम्म पुर्याइने गरिन्छ ।

कोल्टी बजारमा म’दिरा पसल चलाइरहेका मंगल थापाले जहाजबाट नै म’दिरा ढु’वानी गर्ने गरेको स्वीकारे । यहाँका स्थानिय बजारमा खाद्यन्न अभा’ब रहेको छ । तर मदि’रा भने फा’लाफा’ल पाइने गरेको बुढिनन्नदा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपाने बताउँछन् ।

पटक पटक नियन्त्रणका लागि प्रयास गर्दा पनि नेपालगञ्ज र सुर्खेतबाट म’दिरा पठाउने क्रम नरोकिएको उनले बताए । ‘हामीले जिल्ला प्रशासन कार्यलयलाई भनेको हो, तर अहिलेसम्म रोकिएको छैन,’ न्यौपाने भन्छन् । नागरिक उडयन कार्यलय कोल्टीका अनुसार १ महिनामा कोल्टी विमानस्थलमा १ सय ६० वटा उडान भएका छन् । ६० प्रतिशत भन्दा बढि उडानमा म’दिरा नै ढु’वानी भएको कार्यलयले जनाएको छ ।