Saturday, October 24For your kind information
Shadow

कहाँ छन् मन्त्रीहरु ?,कुलमानलाई निरन्तरता दिनुपर्छ : कमल थापा(भिडियोसहित्)

काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारका मन्त्रीहरु कहाँ छन् ? भन्दै प्रश्न गरेका छन्। कोरोनाको यो कहरका कारण आम जनता पीडामा रहेको बेला मन्त्रीहरु लकडाउन र निषेधाज्ञा लगाएर छुट्टीमा बसेजस्तो मनोरञ्जन गरेर बसिरहेको टिप्पणी गरेका छन् ।

सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिनुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारे ।

आफू उर्जामन्त्री हुँदा कुलमानको कार्यकाल सकिनै लाग्दा आफूले नै उनलाई निरन्तरता दिएको पनि थापाले स्मरण गराए ।

हेर्नुहोस भिडियो :