Friday, October 23For your kind information
Shadow

पुरुषहरुले महिलहरुको एस्ता अङ्गहरुमा रुची राख्ने गर्छन

पुरुषले पहिलो पटक महिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त ? यो कुरा धेरै महिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ । जब कुनैपनि युवकको अपरिचित युवतीसँग आँखा जुध्छ । युवकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो युवतीको सिरदेखि पुच्छार सम्म हेर्छ ।

पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन । आखिर पुरुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला ? मनोविज्ञहरुका अनुसार पुरुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छ ?

कपालः पुरुषले महिलाको सरीरमा सुरुमै ख्याल राख्ने एउटा अंग हो कपाल । यसको मतलव पुरुषले निकै लामो कपाल मात्र मन पराउँछ भन्ने होइन । तर सफा, स्वस्थ तथा आकर्षक कपाल भएकी महिलाले पुरुषलाई आकर्षित गर्न सक्छिन् । भनिन्छ युवतीसँग आँखा जुधाइरहँदा युवकले ती युवतीको कपाल सुम्सुम्याइरहेको कल्पना गरिरहेको हुन्छ ।

 

मुस्कानः के तपाइँको मुस्कान आँखासम्मै पुग्यो ? अर्थात् तपाइँले मुखको मुस्कान सँगै आँखाबाट पनि सोही भाव व्यक्त गर्न सक्नुभयो ? मनोविज्ञहरुका अनुसार पुरुषहरु महिलाको मुस्कान बनावटी हो की साँच्चिकै हो भन्ने कुरा पत्ता लगाउन सक्छन् । महिलाको ओठ तथा आँखाको भावको अध्ययन गर्न पुरुषहरु सक्षम हुन्छन् भनिन्छ ।

 

बोलीः पुरुषहरु अलि सुरिलो बोली भएका महिलाहरुप्रति आकर्षित हुन्छन् । बोलिको पिच कम भएका वा धोद्रो आवाज भएका महिलाले पुरुषलाई आकषिर्त गर्न सक्दिनन् । मनोविज्ञहरुका अनुसार सुरिलो बोली भएका महिलाहरु बढी स्वस्थ हुने विश्वास पुरुषमा हुन्छ ।

 

कम्मर हीपको आकारः पुरुषले महिलाको कम्मर र हिपको आकारमा विशेष ध्यान दिन्छन् । छिनेको कम्मर र चौडा हीप भएकी महिला पुरुषको रोजाइमा पर्छिन् भनिन्छ । यसले महिलाको प्रजनन क्षमता उच्च भएको संकेत समेत गर्छ ।

आँखाः वास्तवमा आँखा पहिलो नजर पर्ने अंग नै हो । आँखाको आकार, नशालु पन, नानीको रङ, परेलाको बनावट लगायतका सबै कुराले महिलाको आकर्षणमा प्रभाव पार्छ र यो कुरामा पुरुषले विशेष ध्यान दिन्छन् ।

 

उनीहरु आफ्नो राशिको प्रभावले जो सुकै पुरुषलाई पनि पगाल्न सक्छन् । १२ राशिमध्ये चार राशि भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई रिझाउन सक्षम हुन्छन् । यी निम्न चार राशि भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ, उनीहरुले जस्तोसुकै पुरुषलाई पनि मोहित बनाउन सक्ने क्षमता हुने ज्योतिष शास्त्रले बताउँछ । वृष राशि भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ ।

 

उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुको कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् । मिथुन राशि भएका युवतीहरुको तुलना अप्सरासँग गरिन्छ । जसले जोसुकैलाई आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशि भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् ।

 

वृश्चिक राशि भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् । मीन राशि भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन्