Thursday, October 29For your kind information
Shadow

नेपाली बालिकाको अदाको चर्चा विश्वभरी फैलियो: सारा संसारले यि बालिकालाई मन परायो

नेपालकी एक बालिका विश्वभर भाइरल भएकी छन्। टिकटकमा भाइरल भएकी बालिका समायरा थापा रहेकी छन्। टिकटकमा भाइरल भएपश्चात अहिले उनका भिडियोहरु फेसबुक, युट्युब सहित अन्य सामाजिक संजालमा पनि देखा परिरहेका छन्।

 

समायरा थापा भाइरल भएको विषयलाई अन्तराष्ट्रिय संचार माध्यमहरुले पनि प्राथमिकता दिएका छन्। समायरालाई लिएर भारतबाट प्रकाशित हुने इण्डियन एक्सप्रेसले एक रिपोर्ट प्रकाशित गरेको छ। उसले समायराको अभिनय हाउभाउले सबैलाई कायल बनाएको भनेर उल्लेख गरेको छ।

नेपाली गीतहरुमा समायराले गरेको अभिनयको चर्चा गर्दै उसले इन्टर नेट सामाजिक प्रयोगकर्ताहरु समायरालाई धेरै रुचाइरहेको दावी गरेको छ। समायरा थापाका कैयौं छोटा भिडियोहरु अहिले निकै भाइरल भइरहेका छन् भाइरल भिडियोहरुमा उनको निक्कै नै प्रशंसा भइरहेको छ। आगामी मंसिर गते समाइरा वर्ष पुग्छिन्।

टिकटक बनाउन थालेको महिनामै उनको फ्यान फलोइङ पनि लाख पुग्ने दौडमा छ। समाइराको अभिनयले धेरैलाई लोभ्याएको उनका हाउ भाउ हेरिरहूँ लाग्ने छन्। त्यसैले साथीसंगी नचिन्ने उमेरकी समाइरा हजारौं फलोअर कमाएर टिकटक संसारमाक्युटसेलेब्रेटी बनेकी छन्।

उनको चर्चा नेपाली प्रयोगकर्तामाझ मात्र सीमित छैन। छिमेकी मुलुक भारतमा पनि उनका प्रशंसक उत्तिकै छन्। यसको उदाहरण सोमबार भारतीय अखबार इन्डियन एक्सप्रेसको एउटा स्टोरीले पनि दिन्छ उसो कतिपयले सानै उमेरमा आमाबुवाले बर जस्ती केटाकेटीलाई अभिनय गर्न लगाएको टिप्पणी पनि गर्छन्।

तर अहिले समाइराले जे जति अभिनय गर्छिन्, सबै उसैको मर्जीमा भएको सबिना बताउँछिन्। समाइराले मनैदेखि चाहेको भएर अभिनय पनि राम्रो भएको उनको भनाइ छ।