Saturday, October 31For your kind information
Shadow

घट्यो एस्तो डरलाग्दो घटना सबैजना चकित

भारतको गुजरातमा भएको एक घटनाले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घटनाले प्रेम अन्धो हुन्छ भन्ने किंवदन्तीलाई सत्य सावित गरेको छ । विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए तर अचम्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा अचानक बेपत्ता भए ।

विवाहको एक हप्ता अगाडि नै दुलाहाका बुबाले सम्धीनी भगाएपछि उनीहरुको बिहे स्थगित भएको खबर भारतीय सञ्चारमाध्यमहरुमा खुबै चर्चामा रहेको । बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता भएको खुलेको छ ।

एकाएक भागेका उनीहरुले बाल्यकालदेखि नै छिमेकीको रुपमा एक अर्कालाई परिचीत थिए भनिएको छ । बुबा सुरतको कतरगाम क्षेत्रबाट हराए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट बेपत्ता भइन् । दुवै जना बेपत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएका थिए ।

घटना फैलिएपछि एक नातेदारले उनीहरुले बाल्यकालदखिनै एक अर्कालाई चिनेको कुरा बाहिर ल्याएका हुन् । एउटै टोलमा बस्ने हुनाले उनीहरू सानैदेखि मायामा परेको समेत खुलेको छ । विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले बताएका खबर सार्वजनिक भएको छ ।