Saturday, October 31For your kind information
Shadow

गोंगबु घटनाको अनुसन्धान सकियो , कल्पनालाई यस्तो सजाय: हेर्नुहोस पूरै भिडियो

केही साताअघि गोंगबुमा भएको कृष्ण बहादुर प्रकरणमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु प्रकरणको छानबिन तथा अनुसन्धान गरी कल्पना पौडेललाई जन्मकैदको सजाय माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा पठाएको छ ।

प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहराकाे ज्यान लिने चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)ले अभियाेग स्वीकार गरेको भन्दै कल्पनालाई जन्मकैदको सजाय माग दाबी गरिएकाे छ ।

साथै सहयोग गरेकी उनकी १५ वर्षीया छोरीलाई दुईतिहाइ कम स’जाय माग गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । बोहरा अनुसन्धान बिहीबार नै सकिएको र अध्ययन प्रतिवेदन शुक्रबार मात्र सरकारी वकिल कार्यालयमा बुझाइएको परिसरले जनाएको छ ।

हेर्नुहोस् भिडियो: