Thursday, October 29For your kind information
Shadow

मेरो पुनर्नियुक्तिलाई लिएर भ्रम छर्ने काम गरियो : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिका विषयमा भ्रम फैल्याउने काम भएको प्रष्ट पार्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालको पुनर्नियुक्तिको विषयलाई लिएर भ्रम फैल्याउने काम भएको प्रष्ट पार्नुभएको हो ।

उहाँले अर्को कार्यकालको पुनर्नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली तथा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई जोडेर केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेसण भइरहेका भ्रामक समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गर्नुभएको छ ।

यसका साथै उहाँले आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयमा प्रधानमन्त्री र मन्त्रीसँग जोडेर गलत समाचार तथा सूचना सम्प्रेषण नगर्न आग्रह पनि गर्नुभएको छ । उहाँले प्रधानमन्त्री र ऊर्जा मन्त्रीको निर्देशन एव मार्गदर्शन, प्रशासनिक संयन्त्र,

अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसलाका कारण नै लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन सफल भएको पनि बताउनु भएको छ ।