Tuesday, October 27For your kind information
Shadow

कुलमानलाई फेरी नियुक्त नगरे ओलि र वर्षमान पुनको घरमा घेराउ गर्ने ज्ञानेन्द्र शाहिको चेतावनी (भिडियो)

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्न राजनीतिक दौडधुप सुरु भएको छ। कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आगामी भदौ २९ गते सकिदैछ। उनको कार्यकाल किनु केही महिना अघिदेखि नै कार्यकारी निर्देशक बन्न आकांक्षीहरूको दौड सुरु भएको थियो।

 

कार्यकारी निर्देशकमा धेरैको नाम चर्चामा आए पनि तीन मुख्य प्रतिस्पर्धी छन्। लोडसेडिङ अन्त्य गर्न प्रमुख भूमिका निभाएका घिसिङ आफैँ एक कार्यकाल दोर्‍’याउन चाहेका छन्। उनी अहिले पनि कार्यकारी निर्देशकका प्रमुख दाबेदार हुन्। नेकपाभित्र हुने राजनीतिक नाक्रमले समेत घिसिङको दोहोरिने वा नयाँ आउने टुंगो लाग्नेछ। घिसिङलाई नेकपा अध्यक्ष प्रचण्डको सा छ।

सुरुमा तत्का:लिन नेकपा माओवादीले नियुक्त गरे पनि नेपाली कांग्रे:सका सभापति शेरबहादुर देउवाले समेत सहमति जनाएका थिए। तत्कालिन नेकपा एमाले भने रुचाएको थिएन। अहिलेका ऊर्जामन्त्री वर्षमान पुनसँग पनि घिसिङको सम्बन्ध त्यति गाढा छैन। ऊर्जामन्त्री नेताहरुसँग सम्बन्ध सुमधुर नभए पनि लोडसेडिङ अन्त्यकै गरेकै कारण जनतामा घिसिङ लोकप्रिय छन्।

त्यही लोकप्रियताका कारण घिसिङलाई बीचैमा हटाउन सक्ने परिस्थिति बनेन। घिसिङले प्रसारणलाइन, भारत बंगलादेशमा विद्युत बिक्री लगायतका योजना कार्यान्वयनका लागि कार्यकाल थपको मनसाय राखेका हुन्। प्राधिकरणको कार्यकारी निर्देशकको दौडमा हितेन्द्र देव शाक्य पनि छन्। उनी प्राधिकरणको इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक हुन्।

स्रोतका अनुसार शाक्यलाई पूर्व एमालेले बोकेका छन्। प्रसारणलाइनमा दख्खल राख्ने शाक्य पनि प्राधिकरणको कार्यकारी निर्देशकका बलिया प्रतिस्पर्धी हुन्। प्राधिकरण बाहिरबाट विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह कार्यकारी निर्देशकको दौडमा छन्। ऊर्जा मन्त्रीसँग राम्रो सम्बन्ध भएकाले सिंहले लविङ गरिरहेको स्रोतले बतायो। त्यस्तैमा अभियन्ता ज्ञानेन्द्र शाही ले पक्षमा बोल्दै कुलमान घिसिङको पुनः नियुक्ति नगरे प्रधानमन्त्री केपी ओली ऊर्जामन्त्री वर्षमान पुनको घर घेराउ गर्ने चे ता वनी दिएका छन्

भिडियो हेर्नुहोस्