Wednesday, October 21For your kind information
Shadow

लन्डनको ‘लुमिराडिएकस’ले बनायो नया कोरोना परीक्षण किट: हेर्नुहोस फाइदाहरु

स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडीएक्सले १२ मिनेटमा कोरोना परीक्षण गर्न सकिने टेस्ट किट बनाएको छ । केन्द्रीय कार्यालय लन्डनमा रहेको लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबी गरिइएको छ ।

अहिले स्वाब टेस्टबाट कम्तिमा ९० मिनेटमा नतिजा आइरहेकोमा यो टेस्ट किटले १२ मिनेटमा नै नतिजा दिने दाबी गरिएको छ । केन्द्रीय कार्यालय लन्डनमा रहेको लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबि गरिएको छ ।

यस टेस्ट किटलाई अमेरिकाको फेडरल ड्रग्स एड्मिनिस्ट्रेसनले अनुमति दिइसकेको छ भने युरोपमा भने अनुमतिको अन्तिम चरणमा रहेको बताइएको छ । स्कटल्याण्डले लुमिराडीएक्ससँग ५ लाख परिक्षणका लागि ३ सय टेस्ट किट मेशिनको सम्झौता गरेको छ ।