Saturday, October 31For your kind information
Shadow

४ वर्षमा विद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङ्ग रहन सक्ने

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदममा कुलमान घिसिङलाई निरन्तरता दिइ सक्ने संकेत देखिएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गर्ने स्रोतको दाबी रहेको छ ।

बैठकले घिसिङको कार्यकाल पुनः थप गर्ने बताइएको छ । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकरी गराएका छन् ।

यो नियमित बैठक हो । कोरोना संक्रमणको जोखिम बढिरहेकोले रोकथाम तथा नियन्त्रण सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ । साथै कुलमानलाई नै निरन्तरता दिने ‍‍‍‌औपचारिक जानकारी आउने बताइएको छ ।

जनस्तरबाट चर्को दवाव परेपछी आलोचित हुने डरले सरकारले कुलमानलाई नै निरन्तरता दिने संकेत देखाएको हो । ४ वर्षअगाडी नियुक्त भएका कुलमान घिसिङ्गको कार्यकाल अब केही दिन बाँकी रहँदा कार्यकारी निर्देशक हुन धेरैको दौडधुप रहेको समाचार यसअगाडी नै प्रकाशित भैसकेका छन् ।