Monday, October 26For your kind information
Shadow

लौ पर्यो फसाद सामूहिक दर खाएको भोलिपल्ट कोरोना पुष्टि

घरमा मान्छे भेला पारेर दर खाने भब्य कार्यक्रम गरेको भोलीपल्ट आयोजकलाई कोरोना पुष्टि, समुदाय नै जोखिममा काठमाडौ ।  काठमाडौमा दिनहुँ कोरोना संक्रमितको संख्या बढीरहेको छ । सरकारले कोारनो फैलन नदिन कडा नियम लागू गरेको छ ।

नेपाली महिलाहरुको महान पर्व तीज पनि कोरोनाकै कारण घरमै मनाउनुपर्ने अवस्था आयो । तर केही मानिसको असावधानीका कारण समुदायमा कोरोना फैलिएको तथ्य फेला परेको छ । कोरोना परिक्षणको लागि स्वाव दिएका मानिस नै समुहमा सहभागी हुँदा कोरानोको जोखिम बढेको छ ।

पढेलेखेका र समाजमा आफुलाई अग्रणी भनेर देखाउनेहरु नै असावधानी अपनाउने गरेको पाइएको छ । कोरोनाको लागि स्वाब परिक्षण गर्न दिएकी एक महिला दर खाने कार्यक्रममा सहभागी भएको पाइएको छ । उनले भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिएर फर्किइन् ।

तर त्यस पछि उनले कुनै स्वासथ्य सजगता अपनाइनन् । एक फाइनान्समा काम गर्ने उनी तीजको दर खाने कार्यक्रममा सहभागी भइन् । आफ्नो घरमा पनि महिला भेला गरेर दर खाने कार्यक्रम गरिन् ।उनको घरमा दर खाने कार्यक्रममा करिब ३० जना महिला सहभागी भए ।

तर दर खाने कार्यक्रम गरेको दुई दिन पछि उनमा कोरोना पुष्टि भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का वडाध्यक्ष जीवन थापाले अहिले उनका परिवार पनि कोरोना परिक्षणका लागि आफै मूलपानी स्वास्थ्य केन्द्र पुगेको बताए ।

नगरपालिकाकी उपप्रमुख विन्दु पुडासैनीका अनुसार अहिले कागेश्वरी मनोहरा नगरपालिकामा ८२ जना कोरोना संक्रमित भेटिएको छ । समुदायस्तरमा कोरोना देखिएको भन्दै नगरपालिकाको वडा नं ९ को केही क्षेत्र सिल गरिएको छ ।