Saturday, October 24For your kind information
Shadow

चीनले बनाएको कोरोना बिरुद्धको खोपले पायो सर्वाधिकार: अब छिट्टै खोप बजारमा आउँदै

चीनको क्यानसिनो बायोलोजिक्स कर्पोरेसनले आफूले विकास गरेको कोरोनाविरुद्धको खोप एडी ५-एनकोभका लागि ‘पेटेन्ट’ (सर्वाधिकार) पाएको छ । चीनले खोपको तेस्रो चरणको परीक्षण विभिन्न देशमा गरिरहेको छ र सन् २०२० को अन्त्यसम्ममा बजारमा ल्याउनेा अपेक्षा गरिएको ग्लोबल टाइम्सले जनाएको छ ।

 

खोपले चिनियाँ मौालिकता र सिर्जनात्मकता प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय बजारमा विश्वास प्राप्त गर्ने चिनियाँ विशेषज्ञले दाबी गरेका छन् । चीनका सैन्य संक्रामक रोग विज्ञ चेन वेई नेतृत्वको टोलीले विकास गरेको यो खोप चीनमा सर्वाधिकार प्राप्त गर्ने पहिलो खाेप बनेको छ ।

क्यानसिनेले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘पेटेन्ट प्राप्तिले खोप प्रभावकारी र सुरक्षित भएको पुष्टि गरेको छ । विश्वसनीयतासँगै यसको बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) को स्वामित्व पनि प्रदान गरेको छ ।’ खोपको पहिलो चरणको क्लिनिकल ट्रायल सुरु भएको ३ दिनपछि उत्पादक कम्पनी क्यानसिनोले मार्च १८ मा

पेटेन्ट प्राप्तिका लागि आवदेन दिएको थियो । खोपको तेस्रो चरणको परीक्षण विभिन्न मुलुकमा भइरहेको कम्पनीले जनाएको छ । पहिलो र दोस्रो चरण परीक्षणको नतिजा जुलाई २० सम्ममा प्राप्त भएको र सकारात्मक देखिएकाे बताइएको थियो । वाल्टर एन्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्राध्यापक मार्क पेलिग्रिनले ‘द गार्डियन’ पत्रिकासँग भने, ‘पेटेन्ट प्राप्त भएपछि कसैले पनि यस खोपको नक्कल गर्न पाउँदैन ।