Friday, October 30For your kind information
Shadow

रुसले बनाएको कोरोनको औषधी बजारमा आउँदै: पुरै पढेर सक्दो सेयर गर्नुहोस

रुसले पहिलो चरण अन्तर्गत कोरोना खोप उत्पादन गरिसकेको जनाएको छ । इन्टरफेक्स न्युज एजेन्सीका अनुसार रुसी स्वास्थ्य मन्त्रालयले पहिलो खेप खोप उत्पादन गरिसकेको जानकारी दिएको हो ।

 

रुसले अब यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइउसक्ने बताएकोे छ । तेस्रो चरणको परीक्षणमा हजारौं मानिसलाई खोप लगाइनेछ भने यस चरणको परीक्षण नै उत्पादनका लागि अनुमति प्राप्त गर्ने सवालमा महत्वपूर्ण हुन्छ ।

तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्पादन सुरु गर्नुअघि नै आफ्नो देशले बनाएको कोरोनाविरुद्धको खोप पूरै सुरक्षित र प्रभावकारी रहेको तथा आफ्नी छोरीलाई समेत लगाउँदा उनलाई फाइदा पुर्याएको दाबी सार्वजनिक गरिसकेका छन् ।

रुसले खोपको नाम स्पुतनिक फाइभ राखेको छ । यो अन्तरीक्षमा पठाइएको विश्वको पहिलो उपग्रहको नाम हो । जुन रुसले नै बनाएको थियो ।