Saturday, October 31For your kind information
Shadow

मलाई बचाउनुहोस्: पाउदेखी कम्मरसम्म घाउ नै घाउ छ घाउ पिलिएर सहिनसक्नु छैन सेयर गरी सहयोग गर्नुहोल

पाउदेखि कम्मरसम्म घाउ नै घाउ छ । घाउ पिलिएर सहिसक्नु छैन। उपचार गर्न मन छ तर खर्च छैन । यस्तै पीडाले छटपटाइरहेकी छन्, १६ वर्षीया मञ्जुकुमारी ठाकुर । लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा मञ्जु तीन वर्षदेखि ओछ्यानमै थला परेर बसेकी छन । उनी कसरी यो हालतमा पुगिन् त ? घटना तीन वर्षअघिको हो । जलेश्वर नगरपालिका १२ नैनहीकी मञ्जु १३ वर्षकी थिइन । उनी मामाघर गइन । घर लिप्ने माटो लिन मामासँगै बाहिर गएकी थिइन ।

माटो खन्दाखन्दै ढिस्को खस्यो । कम्मरमुनिको भाग तल पर्‍यो, ढिस्कोमाथि । मामासहितले मञ्जुलाई तानेर उद्धार गर्दा कम्मर खुस्कियो । मञ्जुको उपचार जनकपुरमा गरियो । उनका बुवाले सुरसण्ड लगेर थप उपचार गर्ने भनेर अस्पतालबाट ल्याए । उपचार गराउने रुपैयाँ साथमा भएन । घरको खाटमा सुताएर राखेको पनि तीन वर्ष बित्यो’, आमा शैलकुमारी देवीले भनिन्, ‘दैयाँ गें दैयाँ-बेटीके डाँर कि सरकलै जिन्दगी जुलुम भगलै । पैताला, कुर्कुच्चा, गोडा,

पिडुँला, घुँडा, तिघ्रा, कम्मर सुनिएर चल्दैनन । यी अंगका रङ घाउको असरले कालो भएको छ । घाउमा पिप भरिएर गन्हाउँछ, झिंगा भन्किन्छ । बुवाको बोलीले मञ्जुको मुटुमा सियो घोपेझैं हुन्छ । तब आफूले फेरिरहेको सास नै आफूलाई बोझ लाग्दो रहेछ । मेरा लागि कोही भगवान् हुनुहुन्छ भने मलाई उपचार गराइदिनुस । कसैको बोझ बन्न पटक्कै मन छैन’ मञ्जुले दसऔंला जोड्दै अन्नपूर्णसँग भनिन्, ‘निको भएर आफैं कमाएर खाने मन छ । मञ्जुकी एक मात्र सहारा भनकै आमा हुन ।

छोरीको पीडामा मलमपट्टी गर्न उनीसँग कुनै विकल्प छैन । मञ्जु ओछ्यानमै दिसापिसाब गर्छिन । त्यसको व्यवस्थापन आमाले गर्छिन । नुहाउन त झनै गाह्रो हुन्छ। महिनावारीका बेला असह्य पीडा हुन्छ । ‘गाउँमा भाडा माझेर छोरीलाई खुवाउँछु । धनदौलत कहींकतै छैन’ शैलकुमारीले भनिन्, ‘उपचार कहाँबाट गराउने ? छाक जुटाउनै धौधौ हुन्छ । शैलकुमारीका श्रीमान् फर्निचरको काम गर्छन । ‘दुई पैसा भएको कमाइ पनि आफ्नै पेटमा धोक्छन,

उनले दुःखेसो पोखिन । उल्टै प्रत्येक साँझ रक्सीको मातमा अबेर राति दैलो टेक्छन । ‘भात दे’ भनेर श्रीमतीलाई थर्काउँदा रहेछन । ‘घरमा चामल, दाल भए पो खाना पकाउने भन्दा छोरी र मलाई तथानाम गाली गर्छन, शैलकुमारीले पीडा पोखिन्, ‘किन गाली गरेको भन्दा ओछ्यानमा सुतेकी छोरी र मलाई कुट्न पनि पछि पर्दैनन । उनीहरूको घर महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरभन्दा ७-८ किलोमिटर पश्चिममा पर्छ । थरुवाहीभन्दा अलिक दक्षिण गएर नैनही गाउँ पुग्न सकिन्छ ।

मूल सडकबाट दुई सय मिटर भित्र गल्ली भएर उनीहरूको दैलोमा पुगिन्छ। फुसको छानो, अर्ध पक्की घर रहेछ । गाउँको सडक पक्की नै छ । ‘शिवजी ठाकुरको घर कुन हो ? अन्नपूर्णकर्मीको प्रश्नमा नैनही गाउँका एक वृद्धले हातले मञ्जुको घर देखाउँदै भने, ‘ऊ त्यही घर हो, खपराले छाएको । घरनजिकै पुग्दा मञ्जु झ्यालबाट बाहिर चिहाउँदै थिइन । को होलान् भन्ने भावमा अन्नपूर्णको टोलीतिर नै नजर लगाइन । उनको नजरमाथि हाम्रो क्यामेराको लेन्स फोकस भयो। मञ्जुको एक तस्बिर क्लिक गर्‍यौं ।