Monday, October 26For your kind information
Shadow

कुखुरको मासुमा पनि देखियो कोरोना: अब के होला ? (आर्यात गरिएको मासु नखाउँ)

काठमाडौं । विश्वमा नै त्रास थपेको कोरोना संक्रमणको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यस्तै अमेरिकापछि दोस्रो स्थानमा रहेको ब्राजिलमा कोरोनाको महामारी तिब्र गतिमा फैलिएका बेला जनावरमा पनि यसको संक्रमण देखिएको तथ्य फेला परेको छ ।

 

हालै चीन लगिएको कुखुराको मासुमा पनि कोरोनाभाइरस देखिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । न्यु योर्क पोष्टका अनुसार ब्राजिलबाट चीनमा लगिएको कुखुराको मासुमा कोरोनाभाइरस फेला परेको हो । सेन्जेन शहरमा नियमित कोरोना जाँचको क्रममा कुखुराको मासुमा कोरोनाभाइरस फेला परेसँगै थप त्रास पैदा भएको छ ।

पछिल्लो समय चीनमा कोरोनाभाइरसको संक्रमण कम देखिन थालेका बेला प्याक गरिएको मासुमा संक्रमण पुष्टि भएको हो । चीनमा ८४ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।