Thursday, October 29For your kind information
Shadow

सुर्यमा ११ बर्षपछी हलचल पृथ्वीलाई खत्रा

काठमाडौं । कोरोना भाइरसका कारण अहिले संसारका धेरै देशहरु लकडाउनमा छन् । तर वैज्ञानिक भाषामा भन्नुपर्दा संसारलाई उज्यालो बनाउने सूर्य विगत ११ वर्षदेखि नै लकडाउनमा थियो । अहिले सूर्य लकडाउनबाट बाहिर निस्किएको छ, अर्थात् सूर्य जागेको छ ।सूर्यमा एउटा विशाल धब्बा अर्थात् सौर्य धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ कि यसबाट निस्कने सौर्य ज्वालाले पृथ्वीलाई समेत नोक्सान पुराउन सक्दछ ।वैज्ञानिकहरुका अनुसार सौर्यज्वाला अर्थात् सोलार फ्लेयर्सका कारण पृथ्वीको भूउपग्रह जडित सञ्चार व्यवस्थामा बाधा उत्पन्न हुने खतरा छ ।

अर्थात् स्याटेलाइट कम्युनिकेसनमा असर पर्न सक्दछ ।साथै नेभिगेसनमा समेत समस्या आउन सक्ने र यसले हवाई तथा समुद्री यातायातमा असर पर्नसक्ने वैज्ञानिकहरुको अनुमान छ ।वैज्ञानिकहरुका अनुसार हरेक ११ वर्षमा सूर्यको सतहमा ठूलो परिवर्तन हुने गर्दछ । पछिल्लो ११ वर्षदेखि सूर्य शान्त थियो, जहाँ अहिले हलचल चलिरहेको छ । जसका कारण सूर्यमा ठूलो धब्बा देखा परेको हो ।उक्त विशाल सनस्पट हाम्रो पृथ्वीतर्फ घुमेको देखिएको छ । सोही कारण यसबाट निस्कने सौर्यज्वाला पृथ्वीलाई हानिकारक हुनसक्ने अनुमान गरिएको हो ।

उक्त सनस्पटलाई AR2770 नाम दिइएको छ । आगामी दिनमा यसको आकार अझै ठूलो हुन सक्दछ । स्पेस वेदर डटकमको रिपोर्ट अनुसार उक्त सनस्पटबाट स–साना ज्वालाहरु पहिलेदेखि नै निस्किरहेका छन् ।पृथ्वीतर्फ घुम्दा नै ती सनस्पटले पृथ्वीको वायुमण्डलमा आयनीकरणको लहर पैदा गरेको भए तापनि अहिलेसम्म कुनै ठूलो घटना भने भएको छैन । सनस्पटमा व्यापक चुम्बकीय शक्ति हुने हुनाले विशाल ऊर्जा पैदा हुन्छ र उक्त ऊर्जा सौर्य ज्वालाको रुपमा देखिन्छ । त्यसलाई कोरोना मास इजेक्सन पनि भनिन्छ । सूर्यको सबैभन्दा विशाल धब्बाको व्यास ५० हजार किलोमिटरसम्म हुने गरेको छ । त्यसभित्र बाट सूर्यको तातो प्लाज्मा बाहिर निस्कन्छ र त्यसको विस्फोटबाट सौर्यज्वाला पैदा हुन्छ । य