Monday, October 26For your kind information
Shadow

नाक,मुख र आँखालाई हातले नछुन भन्ने प्रवक्ताले नै बृफिङ्गमा नाक कोट्टाएपछि: पुरै भिडियो

कोरोना संक्रमणबाट बँच्न नाक, मुख र आँखा नांगो हातले नछुन, नचलाउन दिनदिनै आग्रह गर्नेमध्येका सबैभन्दा प्रमुख पात्र स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम हुन् । तर, मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले औंलाले नाक कोट्याएको दृश्य अहिले भाइरल बनेको छ ।

मंगलवारको नियमित पत्रकार सम्मेलमा अन्य सम्मेलमा भन्दा केहि अनौठो र अभद्र दृष्य क्यामेरामा कैद भयो । पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नाक कोट्याएको दृश्यले धेरैलाई लज्जित बनायो । कोरोना भाइरसको नियमित पत्रकार सम्मेल गर्दै आएका गौतमको यस्तो काम नगर्न बारम्बार भन्ने गर्छन् ।

तर उनले मंगलबार देखाएको क्रियाकलापले आम नागरिकलाई लज्जित त बनायो नै स्वयं गौतमप्रति नैतिक प्रश्न पनि उब्जाएको छ । कोरोना सक्रमणबाट बच्न नाक मुख र आँखा नचलाउन आफै आग्रह गर्ने अनि क्यामेरामा कैद नै हुने गरी आफलेै यस्तो अभद्र व्यवहार कतिको पाच्य होला ? त्यसो त जागेश्वर पेशाले आफै चिकित्सक पनि हुन् ।