Monday, October 26For your kind information
Shadow

रुसले निर्माण गरेको कोरोनाको भ्याक्सिन १२ तारिखदेखि आउने, सफल भएको दाबी

काठमाडौं रुसले पहिलो पटक कोरोनाको भ्याक्सिन तयार पारेको दाबी गरेको यही महीनाको १२ तारिखमा भ्याक्सिनको रजिस्ट्रेसन हुने पनि बताएको भ्याक्सिन निर्माणमा दर्जनौं देश लागिपरेको छन्

कसले पहिला यो औषधि बनाउने भन्ने होड पनि उसैगरी चलिरहेको ।रुसको दाबीमाथि विश्व स्वास्थ्य संगठन लगायतले आशंका पनि गरेका छन तेस्रो चरणको परीक्षणमा सफलता नपाई भ्याक्सिन मानिसलाई लगाउन खोजिएको हो भने त्यसले जोखिम बढाउने डब्ल्यूएचओले भनेको

रुसी सञ्चारमाध्यमका अनुसार डेपुटी स्वास्थ्यमन्त्री ओलेग ग्रिडनेभले शुक्रबार यो जानकारी दिएका हुन् भ्याक्सिन रुसको रक्षामन्त्रालय तथा गामालेया नेसनल सेन्टर फर रिसर्च अन एपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले तयार पारेका हुन्

यो भ्याक्सिन क्लिनिकल ट्रायलमा शतप्रतिशत सफल भएको पनि रुसको दाबी छ। परीक्षणका क्रममा जसलाई यो भ्याक्सिन दिइयो, उसमा कोरोना भाइरसविरुद्ध इम्युनिटी विकसित भएको पाइएको