Tuesday, October 27For your kind information
Shadow

सार्वजनिक यातायात पुन : बन्द गर्ने तयारी

लकडाउन खोलेपछि नेपालमा कोरोना संक्रमण हुने क्रम तिव्र गतिमा छ । राजधानी काठमाण्डौका ३ जिल्लामा पनि संक्रमण बढेको छ । आजमात्रै काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् ।

काठमाण्डौँमा संक्रमितको संख्या १ हजार नाघिसकेकाले जोखिम थप बढ्दै गएको छ । उपत्यकाका ३ जिल्लाले आजबाट मात्रै सटडाउन जारी गरेका छन् ।संक्रमण बढी देखिएका केही ठाँउमा भने सिल नै गरिएको छ ।

यसैबीच, आज उपत्यकाका मेयरहरुले रक्षा मन्त्रालयमा भएको छलफलमा कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटि संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने सुझाव दिएका छन् ।

शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गर्दै यस्तो सुझाव दिएका हुन् ।संक्रमण दर तीव्र भैरहेको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणाली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा

 

अरु सवारी साधनमा जोर–विजोर लागु गर्नुपर्ने सुझाव दिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।उनीहरुले उपत्यका प्रवेशमा थप कडाई गर्न आग्रह गरेका छन् । आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् ।