Thursday, October 22For your kind information
Shadow

महाबिर पुनले गरे बिजुलिबाट चल्ने मोटरसाइकलको उद्घाटन: नेपाल प्रगतिपथमा लम्कँदै

लौ त ब्याट्री बाट चल्ने अर्थात विद्युतीय मोटरसाइकलको पनि उद्घाटन गरियो Yoma Ma E Motors Pvt. Ltd. ले नेपालमा नै विद्युतीय मोटरसाइकल बनाउने र भविष्यमा निर्यात गर्ने सम्मको योजना बनाएर Genius ब्रान्ड को Sport Electric Motorbike हाल चीनमा नै बनाएर नेपालमा ल्याएको रहेछ |

सो बाईक त्यस्तै किसिमका अन्य Sport Motorbike हरु भन्दा धेरै नै सस्तो रहेछ र राम्रो पनि रहेछ | त्यस किसिमको बाईकहरु भविष्यमा नेपालमा नै उत्पादन गर्ने र निर्यात पनि गर्ने भनेको हुनाले मात्र म सो उद्घाटन समारोहमा रिबन काट्न गएको हो | नत्र भने रिबन काटने काममा म जाने नै थिएन |

त्यति मात्र नभएर सो कम्पनीका संस्थापक भाईले राष्ट्रिय आविष्कार केन्द्रलाई पनि विद्युतीय गाडीहरु बनाउँदा आबश्यक सहयोग गर्छु भन्नु भएको छ | सो कार्यक्रममा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिंग पनि आउनु भएको थियो |

नेपालले आफ्नो ब्यापार घाटा घटाउन र तेल माथीको पर निर्भरता घटाउन विद्युतिय गाडीहरु लाई उच्छ प्राथमिकता नदिई हुँदैन | सरकारले स्व-बिबेकले यस्तो काममा हात हाल्नु अनिबार्य छ | धन्यबाद |