Tuesday, November 24For your kind information
Shadow

२५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट बैठकको माग भएपछि प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री ओलीले संकटको बेलामा गैरजिम्मेवार भएको भन्दै आफ्नै पार्टीका नेताहरु प्रति असन्तुष्टि जनाएका छन् ।उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाह, जनताप्रति उदाशिन हुनै स्वार्थका पछाडी कुदेको टिप्पणी गरेका थिए।

सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन् । उनले भने, ” केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ । तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? स्थायी कमिटी अहिले नै बस्नुप¥यो, भरे बस्नुप¥यो त्यसबाहेक केही छैन । यो देश र जनताप्रतिको गम्भिर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा देखिन्छ ।”