Monday, September 21For your kind information
Shadow

नेपालमा भित्रीयो अर्को डरलाग्दो भाइरस: मानिसमा फैलियो भने भयंकर रूप लिन सक्ने डर

गाई-भैंसीलाई लाग्ने लम्पी स्किन रोग नेपाल भित्रिएको पुष्टि भएको छ । भारत र बंगलादेशमा गत वर्ष नै देखिएको यो रोग कृषि मन्त्रालयको हेलचेक्रयाइँले नेपालमा फैलिन थालिसकेको छ । लम्पी स्किन संक्रमणको उपचार हालसम्म पत्ता लागेको छैन । पछिल्लो समय प्रदेश १, २ र बागमतीका केही जिल्लाका गाईभैंसीमा लम्पी स्किन संक्रमण देखिएको छ ।

प्रदेश १ मा यही रोगले केही गाईभैंसी मरेका छन् । यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुन्छ र पशुको मृत्यु हुन्छ । नयाँ रोगको संक्रमणले दूध उत्पादनमा ठूलो ह्रास आउने पशु चिकित्सक बताउँछन् ।

उनीहरुका अनुसार, झापामा यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ । सामान्यतः रोगी पशु र लामखुट्टेबाट समेत सर्ने यो रोग नेपालमा रोगी पशु भित्रिएर फैलिएको अनुमान छ । पूर्वी नेपालको विभिन्न जिल्लाका गाई र भैंसीमा देखिएको लम्पी स्किन रोग चितवनमा पनि देखिएको छ ।

तर यो रोग नेपालमा कसरी भित्रियो भन्ने कारण पत्ता लगाउन पशु सेवा विभागले सकेको छैन । पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्मा भन्छन्, ‘रोग पुष्टि भएको छ, तर कसरी भित्रिएर फैलियो हामी नै आश्चर्यमा छौं ।’ रोग फैलिँदै जानुमा सीमा नाकाका पशु क्वारेन्टाइन कार्यालयको हेलचेक्रयाइँलाई पनि एउटा कारण मानिएको छ ।