Monday, September 21For your kind information
Shadow

प्रकाश सपुतको नयाँ गीत ‘बदला बरीलै’ गीतले जताततै तहल्का मच्चायो:पुरै भिडियो हेर्नुहोस

गायक प्रकाश सपुतको मर्मस्पर्शी गीत ‘बदला बरीलै’ सार्वजनिक भएको छ । सुमधुर स्वरकी धनी गायिका देवी घर्तीको आवाज रहेको उक्त गीतमा प्रकाशकै शब्द तथा संगीत रहेको छ । गीत अहिले युट्युवको ट्रेन्डिङ १ मा छ । यो गीतले समाजमा बढ्दो ब-ला-त्का-र-को घ-ट-ना-वि-रु-द्ध बोलेको छ ।

नायिका केकी अधिकारीले भिडियोमा सशक्त ढङगले प्रस्तुत गरेकी छिन्, जसमा ध्रुव कोइरालाको नेगिटिभ अभिनय रहेको छ । भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतको पनि अभिनय देख्न सकिन्छ । अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।

गायक सपुतले नै निर्देशन गरेको सो भिडियो निकै नै उत्कृष्ट बनेको छ । भिडियो हेर्न तला थिच्नुहोस ।