Saturday, November 28For your kind information
Shadow

नेपालका ११ वर्षिय बालकले पत्ता लगाए छुद्र ग्रह: सम्मान दिँदै एक एक सेयर गर्नुहोस

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्‍न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्‍नेहरु यो अभियानमा जोडिन्छन् । छुद्र ग्रहहरु पनि आकशीय पीण्ड हुन् र यिनीहरु अन्य ग्रहहरु जसरी नै सूर्यको परिक्रमा गर्छन् ।

यिनीहरु ग्रहहरुभन्दा धेरै साना हुन्छन् तर पृथ्वीलगायतका अन्य ग्रहहरुमा खस्न सम्भावना धेरै हुन्छन् । मंगल र बृहस्पति ग्रहको बीचमा अनगिन्ती छुद्र ग्रहहरु छन् । छुद्र ग्रह खोज्‍ने अभियानमार्फत् हालसम्म नासोले ७ सय ८९ वटा पहिलो चरणमा रेकर्ड भए । तीमध्ये दोस्रो चरणमा ७ वटा चाहिँ रेकर्ड भएर प्रोभिजनल नाम समेत पाएका छन् ।

अर्थात् अन्तरिक्षमा घुमिरहेका लाखौं छद्र ग्रहरुमध्ये ७ वटा छुद्र ग्रहचाहिँ नासोको अभियानमार्फत् थाहा पाइए । नेपालबाट पत्ता लगाइएका मध्ये २०१९-जेपी ६० नाम गरेको छुद्र ग्रहचाहिँ केन्द्रीय विद्यालय काठमाडौंमा अध्ययनरत ध्रुव व्यास जोशीले पत्ता लगाएका छन् । तीनकुने निवासी ११ वर्षीय ध्रुव कक्षा ७ मा हुँदा उनले यो ग्रह पत्ता लगाएका हुन् ।

अहिले उनी १२ वर्षका भए । केही दिनअघि भारतका १४ वर्षीया दुई छात्राहरुले छुद्र ग्रह पत्ता लगाएका थिए । ध्रवले पत्ता लगाएको छुद्र ग्रहको नाम डीएलपी-०००१ दिएका छन् । तर, यसको नाम चाहिँ २०१९ जेपी–६० दिइएको छ । मंगल र बृहस्पति ग्रहबीचमा घुमिरेहको मेन बेल्ट एस्टोरोइड हो ।

गत वर्ष नासोले छुद्र ग्रह खोज्‍ने अभियानका बारेमा सामाजिक सञ्चालमा सूचना राखेको थियो । सानैदेखि खगोल विज्ञानमा रुचि राख्‍ने ध्रुवले त्यसबारे आमालाई सुनाए । ध्रुवकी आमा एकता तीनकुनेस्थित नासा कलेजमा खगोल विज्ञान पढाउँछिन् । ध्रुवले बताएपछि एकताले नासोसँग सम्पर्क गरिन् । त्यसपछि टिम निर्माण भयो ।

नासोका अध्यक्ष सुरेश भट्टराईले पनि ध्रुवको छुद्र ग्रह खोज्‍ने इच्छा देखेर प्रभावित भए । नासोले उनलाई अभियानमा सरिक गरायो । ध्रुव भन्छन्, ‘सुरेश सरले मलाई डाटासेट सिकाइदिनुभयो । फस्ट इमेज पाएको थिएँ । एनालाइज गर्ने काम सुरेश सरले भनिदिनुभयो अनि मैले घरबाटै डाटासेटसँग काम गर्न थालेँ । मेरो कजनले पनि मलाई हेल्प गर्नुभयो ।’

निरन्तरको प्रयास र लगनशीलताका कारण उनले प्रिलिमिनेरी एस्टोरोइड पत्ता लगाउन सफल भए । उनले भने, ‘त्यसपछि ४/५ महिनापछि प्रोभिजनलमा मैले खोजेको एस्टोरोइडको नाम आएछ । म धेरै खुसी भएँ, प्राउड फिल गरें ।’ जोशी यस वर्ष पनि छुद्र ग्रह पत्ता लगाउने अभियानमा जोडिएका छन् ।