Monday, September 21For your kind information
Shadow

नेपालामा कोरोना बढ्नुको कारण पैसा तिरेर भारतिय नेपालामा आउनु हो: पुरा पढ्नुहोला

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिए पछि सुरक्षाको लागि सीमा नाका लक छ । तर खुल्ला सीमानाको फाइदा उठाउदै चोरबाटोबाट मानिसहरु भने आवत जावत गरिरहेका छन् । विराटनगर स्थित जोगवनी नाका बन्द भए पछि भारत तर्फबाट अनेक बाहाना बनाए मानिसहरु चोरबाटो हुदैं नेपाल प्रवेश गर्ने र नेपालबाट भारत गइरहेका छन् ।

उनीहरु मुख्य नाका भएर प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले लुकिछिपी आउने गरेका हुन ।दश गजामा पानी जमेको भए पनि सामान ल्याउने र सुरक्षाकर्मीको आखाँ छलेर आउने गरेको सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । सुरक्षाकर्मीहरुको आखाँ छलेर आउनेहरुका कारण समुदायमा संक्रमित भेटिन थालेका छन् ।

लुकिछिपी आउदा समुदायमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले खुल्ला सीमामा कडाई गरिएको उपरीक्षक खड्काले जानकारी दिनु भयो । उहाँले चोरबाटो हुदैं लेवर गर्न आउनेहरु प्mयाक्ट्रीमा काम गर्न आउनेहरु भएको उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

बिहीबार रातिदेखि विराटनगर महानगरपालिकाले लकडाउन गरेको भए पनि खुल्ला सीमा भएर चोरबाटो हुदै लुकिछिपी नेपाल भारत तर्फ भने आवत जावत भइरहेको पाइन्छ । विराटनगरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि संक्रमण नियन्त्रण गर्नको लागि लकडाउन गरिएको छ । अत्यावश्यक वाहेकका सवै सेवाहरु बन्द छन् ।