Saturday, August 8For your kind information
Shadow

देश्को सिमामा दुइ प्रहरी सहिद

कोभि ड–१९ फैलिन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको निधन भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उहाँको निधन भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । प्रहरी हबल्दार मगरको निधन बारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पहिला पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षकको ड्युटीकै अवस्थामा निधन भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार निधन भएको थियो ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बे’होस भएर ढ’लेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पु¥याइएको थियो । अस्पतालमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक राजु दाहालले बताए ।

शवको राजविराज अस्पतालमा परीक्षणपश्चात दाहसंस्कारका लागि परिवारका सदस्यहरुले झापाको चन्द्रगढी लगेको सशस्त्र प्रनाउ दाहालले जानकारी दिए । उच्च रक्तचापका कारण अचानक बे’होस भई निधन भएको अनुमान गरिए पनि शव परीक्षणको रिपोर्ट आएपछि मात्र निधन को कारण खुल्ने उनले बताए ।

त्यस्तै कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको निधन भएको छ ।

Leave a Reply