Saturday, August 8For your kind information
Shadow

विराटनगरमा शनिबारदेखि दुई हप्ताको लागि फेरि लकडाउन

कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै विराटनगरमा शनिबारदेखि दुई साताको लागि फेरी लकडाउन घोषणा गरिएको छ।

‘अहिले विराटनगरमा मात्र सयभन्दा बढी संक्रमित छन्। त्यसमा पनि ६१ जना संक्रमितको ट्राभल हिस्ट्री छैन। त्यसैले संक्रमण समुदायमा गइसक्यो भन्ने हो,’ उनले भने, ‘त्यसकारण भोलिदेखि लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने भनिएको हो।’

अब भोलिदेखि विराटनगरमा अत्यावश्यक सेवाबाहेक सबै कुरा बन्द हुनेछन्।

सरकारले कुनै साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दो देखिएपछि ठाउँ-ठाउँमा स्थानीय सरकारले भने अझै सन्क्रमित नफैलियोस भनेर घोषणा गरेका छन्।

यसअघि स्वास्थ्य मन्त्रालयले कुनै जिल्लामा २ सय ‘एक्टिभ केस’ भए पूर्ण लकडाउन गर्न सकिने भनेको थियो।

Leave a Reply